
वितृष्णा नै थियो भने किन माया गाँस्यौ ?
गजलः अटल विश्वास
वसुधा अधिकारी
एकै पटक मात्र प्रिय म भएर हेर
मनका पीडा वेदनालाई छोएर त हेर ।
आशा थियो मलमपट्टी पाउँछु होला भन्ने
एउटा जीवन लाखौं पल्ट मरेर त हेर ।
वितृष्णा नै थियो भने किन माया गाँस्यौ ?
पवित्र यो चन्द्रमामा किन बिष घोल्यौ ?
झुटो कसम अग्नी सामु खान पनि सक्ने
विश्वासको डोरी किन अन्तै कतै सार्यौ ?

मन मनै गुम्सिएको वेदनाको भारी
बहिरह्यो मुटु मेरो छिया छिया पारी ।
अड्क्यो बोली हृदयमा मेटिएछ्न् शब्द
खुल्लान् आँखा झल्याँस्स भइ जीवन वारी पारी ।
जीवन सारा गयो अहो खुशी खोज्दाखोज्दै
कसो दिन नफिर्लान् त भन्ने सोच्दासोच्दै ।
भित्रभित्रै पिल्सिएको देखावटी हाँसो
अटल छ विश्वास मेरो दिन फिर्छन् भन्ने ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)