दुख मेरो सुख तिम्रो

रतन साउँद

जिन्दगीमा मैले धोका खानुसम्म खाएको छ
किनकि मेरो मंगलमय शुभकामना सुम्पिसकेको छु
जिन्दगीका धेरै पलहरु मायाको बारेमा खर्चेको छु
मैले भिमसेनको तागत आर्जी बाहुलीमा बोकेको छु
दुख मेरो सुख तिम्रो होस् भन्ने चाहनाले भारी बोक्ने गरेको छु ।

छाँया देखि तर्सिएर जुनको उज्यालोसँग लुकेको छु
नजरले लगन गाँठो पर्ला कि भनी पिरतिमा भुलेको छु
कर्म खोटी रैछ र त पटक पटक लोटिलोटी उठेको छु
युग काट्ने पिरति पाउनँ तिनको पछिपछि कुदेको छु
दुख मेरो सुख तिम्रो होस् भन्ने चाहनाले भारी बोक्ने गरेको छु ।

सहस्र ईच्छाले तिन्को निम्ति नारायण पुजा लगाएको छु
दुखै दुखका गन्थनहरु मनैभित्र टिपनटापन गरेको छु
सुस्केरीले थकाई मारी परेलीले सास फेरी पिरतिको धोको मेटेको छु
सम्झनाका पलहरु ह्र्दयका भित्ताभरि तस्बिर बनाई टाँगेको छु
दुख मेरो सुख तिम्रो होस् भन्ने चाहनाले भारी बोक्ने गरेको छु ।

Ad

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button