मनका सारा खुशी अन्तै बसाइँ सरेपछि

गीत

धनञ्जय दवाडी

अब के नै रह्यो, सबको आँखाबाट झरेपछि
मेरो मनका सारा खुशी अन्तै बसाइँ सरेपछि ।

बगैँचा नै के रह्यो र, सुन्दर कली झरेपछि
दोबाटोमा भेट हुँदा तिमीले आँखा तरेपछि ।

बाँकी के नै रह्यो अब मेरो मुटु लुटिएपछि
मेरा नामका तिम्रा हातमा चुराहरू फुटेपछि ।

केको बाटो हेरूँ प्रिया, पूर्णचन्द्र झरेपछि
मेरो आशा, मेरो मुटु अन्तै बास बसेपछि ।

Ad

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button