विदेशी सुश्रीको उपहारले दुई युवाको निधन

कथा

सागर ‘मणि’ थापा

सहदेव कोइराला एकतमासले क्षितिजको कालो बादल हेरिरहेको थियो । आफ्नो जीवनलाई दाँजिरहेको थियो घनघोर मेघसँग । ऊ खुसी थिएन । अझ बेखुसी थपिदियो गर्जिन लागेको मेघले । हेर्दाहेर्दै वर्षा हुन थाल्यो । पट्याकपुटुक आवाज निकाल्दै उपद्रव मच्चाउन थाल्यो, असिनापानीले । झ्यालमा थियो ऊ । परबाट साथी कुद्दै आएको टड्कारै देख्यो । साथीको लागि कोठाको ढोका खोलिदियो ।

केही बेरमै साथी भित्र पस्यो । साथीको नजरमा सहदेव फुर्तीलो देखिएन । त्यसर्थ साथीले घोच्का हान्यो, ‘क्या हो मिस्टर रु किन जाँगर मारेको यसरी रु देखिनस् म असिनापानीको चुटाइ खाएर आएको छु रु यसो कफीसफी बनाएर ख्वाउनु छैन । कमसेकम चिया त अफर गर्न सकिन्छ नि । त्यो पनि छैन । सुत्केरी स्वास्नी स्याहारेर लखतरान भएको पति जस्तो भएको छस् त ! ठीक त छ मिस्टर कोइराला ?’

साह्रै बकबके रहेछ कोइरालाको साथी चन्द्र कुँवर । कुँवरले कोठालाई सरर्र निहा¥यो । मौन मूल्याङ्कन गरिरहेछ ऊ । कोठालाई छिः भन्न मिल्दैन । सहदेव कोइराला धनी डेरावालहरूको सूचीमा पर्न सक्थ्यो । कुँवर केही ईष्र्या त गर्छ नि साथीको प्रगति देखेर । तर त्यो स्थायी होइन । घरपायक स्कुलको अस्थायी टिचरजस्तै हो । कोइरालाको अनुहारले प्रष्ट बताएको थियो, ऊ कुनै चिन्तामा छ । साथीले सोध्यो । तर बताउन चाहेन ।

कुँवर सान्त्वना दिन्छ, ‘भो चिन्ता नगर् । एक फूल झ-यो त के भो रु सिङ्गै वसन्त तेरो अगाडि छ । हजारौँ सुन्दर फूलहरूको माझ कुनै एउटा फूल त तेरो लागि पनि त होला नि ।’

सम्भावित गर्लफ्रेण्डको प्रसङ्ग झिकेको छ उसले । कोइरालाले कुनै प्रतिक्रिया व्यक्त गरेन । उसले कुँवरलाई चिया खुवायो । खाजा बनाउन त के जाँगर लाग्थ्यो र । पकाउन सजिलो । खान पनि सजिलो । चाउचाउ पकायो ।

वास्तवमा चन्द्र कुँवर सामान बाँड्ने प्रस्ताव लिएर आएको हुन्छ । तर कोइराला कुरैले टारिदिन्छ । मुड ठीक नभएको बहाना पार्छ । वर्षाको कारण कुँवरले पनि फोर्स गर्दैन । खाजा खाइसके दुवैले । पानी पनि थामियो । भोलि भेट्ने वाचा गरेर कुँवर हिँड्यो । सहदेव कोठाको ढोका लगाएर खाटमा पल्टियो ।

अर्को दिन

म्यानेजर गौतम र चन्द्र कामको सिलसिलामा सँगै हुन्छन् । गौतम रेष्टुराँको म्यानेजर हो । चन्द्र वेटर । सोझो मान्छेलाई छलकपट गरेको म्यानेजर गौतमलाई चित्त बुझ्दैन । अतः सचेत गराउँछ, ‘मलाई त कोइरालाको व्यवहारप्रति शङ्का लागिरहेछ मिस्टर कुँवर । लभ-सभको चक्करले ओइलाएको होइन त्यो । अमेरिकाबाट गेष्टहरूले पठाएका सामान एकलौटी गर्न खोजेको होला । अनि पो तँलाई थाहै नदिई बिदा लिएर बसेको छ त्यो ।’

गौतमले सुनेको थप कुरा पनि भन्यो । टीभी पनि पठाएको रहेछ गेष्टले । म्यानेजरको कुरा सुनेर कुँवरको मनमा चिसो पस्यो । छिनको छिनै आफ्नो परम् मित्र सहदेवको चरित्रप्रति नकारात्मक सोचाइ बनाउन थाल्यो । हाकिमजस्तो मान्छेले भनेको कुरा नपत्याओस् पनि कसरी ? धन र पैसाको लागि साख्यै दाजुभाइबीच त काटाकाट हुन्छ । भएका छन् । उनीहरू त साथी-साथी मात्र न हुन् ।

ड्युटी सकेपछि चन्द्र कुँवर सरासर कोइरालाकै डेरातिर हानिन्छ । डेरामा पुग्छ । अफसोस ! ताला झुण्डेको देख्छ चन्द्र कुँवरले । गौतम सरको एक एक वाक्य उसको कानमा प्रतिध्वनित हुन थाल्छ । रिसको पारो मज्जैसँग चढ्छ । दाह्रा किट्छ र एक्लै भुत्भुताउँछ, ‘साले गधा १ भागिसकिछस् हैन रु म आउने कुराको सुइँको पाएर टाप ठोकिस् साले । पक्का पनि सामान बेच्न हिँडेको होलास् । म कहाँ छोड्छु र तँलाई । यही ढोकामा धर्ना कसेर बस्छु ।’

Ad

लौ ! ऊ त साँच्चै नै कोइरालाको पर्खाइमा अनसन बस्यो । बसिरह्यो । कुँवर केही दिनअघिको घटनातिर मौनविचरण गर्न थाल्छ । दुइ सुश्रीहरू नेपाल भ्रमणमा आएका थिए । जिन्की र क्याथरिन । उनीहरूलाई राम्रो गाइडको आवश्यकता थियो । नेपालका प्राकृतिक वस्तुहरूको बारेमा सुनेका थिए । पौराणिक तथा ऐतिहासिक सम्पदाहरू अवलोकन गर्न ज्यादै लालायित थिए उनीहरू ।

बिहान ब्रेकफास्ट खाँदै थिए । म्यानेजर गौतमलाई गाइड मिलाइदिन आग्रह गरे । उसले आधा घण्टाको समय माग्यो । ती महिला गेष्टहरू होटलकै लबीमा गौतमको निर्णय पर्खेर बसे । यता गौतमले सबै वेटरहरूलाई भेला गरायो । गाइड छनोटमा पर्न वेटरहरूबीच डिसकस भयो । लौ त भनूँ भने तीव्र विवाद नै उब्जियो । डलरको लोभले गर्दा झगडै पर्लाजस्तो भयो ।

अन्ततः म्यानेजर गौतमले अन्तर्वार्ता लियो । सबैलाई पछारेर चन्द्र कुँवर र सहदेव कोइराला छानिए । अङ्ग्रेजी फरर्र बोल्न जान्ने । वाक्पटुतामा पनि अब्बल ।

म्यानेजरले कोइराला र कुँवरलाई सम्झाएको थियो, ‘हेर भाइहरू । पाहुना भनेका भगवान् हुन् । उनीहरू धेरै नै उदार हुन्छन् । तर तिमीहरूले आफ्नो हैसियत र औकातलाई भुल्न हुन्न । नेपाल आउने पर्यटकहरूले उनीहरूको देशमा गएपछि चिठी बोक्ने हुलाकीको जस्तो सूचना जारी गर्छन् । अतः उनीहरूलाई सानोतिनो कुरामा पनि गुनासो गर्ने ठाउँ दिनु हुन्न ।’

योजनाअनुसार सुश्री जिन्की र सुश्री क्याथरिनलाई कोइराला र कुँवरले भ्रमणमा लगे । लुम्बिनी लगे । पोखरा घुमाए । मनकामना जाँदा केवलकार चढाए । नगरकोटमा सूर्योदयको सिन पनि देखाइदिए । केटीहरू पनि साह्रै उदार मनका रहेछन् । केटाहरूलाई ज्यादै माया गरेका थिए । उता गएपछि अनमोल सामान पठाइदिने बाचा पनि गरेका थिए ।

कोइरालाको पर्खाइमा बस्दा बस्दै कुँवरले कल्पनाको उडान पूरा ग-यो । करिब दुई घण्टा बितिसक्दा पनि कोइराला आएन । चन्द्र कुँवरले धैर्यता गुमायो । फर्किने बिचार गरेको मात्र थियो । सहदेव टुप्लुक्क आइपुग्यो ।

रिसाएर बोल्यो कुँवर, ‘भर्खर सवार भो होइन पण्डित नानीको रु मलाई सबै कुरा थाहा भैसक्या छ सहदेव । पीडाको नाटक गरेर यो कुकुरको पिसाब धेरै नतुन्क्या तँ !’

कुँवरले सामान भागवण्डा गर्न दवाव दियो । कोइराला उल्टै गुनासो पो गर्छ बा ! आफूमाथि पाप चिताएकोले रुन मात्र सत्तैmन । सामानको लिस्ट साथीको हातमा दिन्छ । साथीलाई छक्क पारिदिन्छ ऊ !किन कि उसलाई केही पनि लिन मन छैन । सबै सामान चन्द्रले नै लेओस् । उसको गुनासो रहने छैन । सामानको लिस्ट पढेर कुँवर खुब रमायो । अनि सम्झन थाल्यो ती रोमान्चकारी पलहरूलाई ।

उतिखेर उनीहरूले विदेशी दुई सुश्रीसँग ओछ्यानसमेत शेयर गरेका रहेछन् । लसपस, ओठ चुमाइ, गाला चटाइ, घुमघाम । केके हो केके । कोइरालाको हातमा एउटा कागज थियो । कुँवरले सोध्यो । कोइरालाले दिएको जवाफले उसको ओठतालु सुके । अनायासै चीत्कार छुट्यो कुँवरको मुखबाट । तर समयले हानेको थप्पडको चोट नसहेर सुखै थिएन ।

मिस जिन्की र मिस क्याथरिनलाई प्राणघातक रोग एचआईभी-एड्स लागेको रहेछ ! सहदेब भागी भागी हिँड्नुपछाडिको रहस्य बल्ल खुल्यो । सहदेव कोइराला र चन्द्र कुँवरले अस्पतालमा रक्त परीक्षण गराए । एचआइभी पोजिटिभ देखाप-यो दुवैको रगतमा । हातको रिपोर्ट मुट्ठीमा कस्दै चन्द्र बेस्सरी रोयो । सहदेव त बेहोशझैँ भयो ।

तर अब टाउकै फोरे पनि त्यो खतरनाक रोगले छोड्ने थिएन । एड्स रोग लागेको थाहा पाएपछि उनीहरूको जागीर पनि गयो । केही साथीले अफसोस माने । धेरै विरोधीहरूले काखी बजाए । हाँसे । गिल्ला गरे । उडाए । दुई विदेशी सुश्रीले दिएका उपहारकै कारण दुई होनहार युवाको अल्पायुमै निधन हुन पुग्यो । विदेशी उपहारले अपुरणीय क्षति पु-यायो ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button