अन्तिम थोपा रगत पनि चाट्ने बानी रै’छ

सविना सापकोटा

थाहा थिएन उसको ढाँट्ने बानी रैछ
छिन छिनमा मुटु साट्ने बानी रैछ ।

दुनियाँलाई सिधा साधु समाजसेवी बन्दै
स्वार्थ पुग्ने काम मात्र आँट्ने बानी रैछ ।

भक्तिभाव देखाउँदै इच्छा वर माग्ने
वर पाएकी त भगवानलाई नि काट्ने बानी रैछ ।

किर्ना हो कि जुका हो, त्यो बुझ्न सार्है गार्हो
अन्तिम थोपा रगत पनि चाट्ने बानी रैछ ।

झुक्किएर कर्तव्यको चपेटामा होमिँदा त
ज्वालामुखी जस्तो गरी फाट्ने बानी रैछ ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Ad

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button