पाकेको बाली खानेहरुको चर्चा छ

प्रेमलकुमार खनाल

असारमा रोपाइ शुरु भएको बेला
बिरामीको बहानाबाजी गरेर
घरमै शिरक ओडेर सुत्नेहरु
भदौको खडेरीमा रोपेको धान
खडेरीमा राताम्मे हुँदा पनि
उनीहरू ओेछ्यानमै सुतेर
धानको बेहाल सुनिरहेका थिए ।

Ad

तर गाउँलेहरुले पर डाडापारिको खोलाबाट
दुखकष्ट गरेर कुलो (नहर)बाट पानी ल्याएर
धानबालीमा सिंचित गरे
धान हलक्कै बढ्यो मल जल गरेर
तर उनीहरु भर्खर आँखा मिच्दैथिए ।

के थाहा उनीहरुलाई
धान रोप्दाको, पानी ल्याई गोडमेल गर्दाको दुख कष्ट
अहिले खेतमा धानका पहेलपुर झुप्पा झुप्पा
लहलह बालाहरुले खेतलाई रमणीय वनाएको छ
गाउँमा धान काट्ने र बाली भित्र्याउने क्रम शुरू भएको छ
अहिले तिनै शिरक ओड्नेहरु
वास्मती धानको चामल मिठो मिठो मानी खाइरहेका छन् ।

अहिले गाउँ घरमा
तिनै वास्मती चामलको खाना खानेहरुको चर्चा छ
मिठो मसिनो खाने खान्दानी खलक भनेर,
तर ती दुखः कष्ट साथ श्रम गर्ने
हलो जोत्ने, आली लगाउने, बाउसे र रोपारहरुको त
यो महामारीमा, भोकमरीमा नाम निशान नै छैन ।

खाली चर्चा छ तिनै शिरक ओड्नेहरुको
पाकेको बाली खानेहरुको ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button