बेबी सावर र बच्चाबिनाको आमा

लघुकथा

सुषमा आचार्य अंशु

आफ्नाहरु वरिपरि खुशीको पोखरीमा पौडदै अनुहारमा मुस्कान छछल्काएर बधाईको थुप्रो बनाउँदै हुनुहुन्थ्यो मेरो सामुन्ने । खानाका विविध प्रकार । केक, मिठाइलगायत दही, चिउरा, पुलाउ, मासु र अचार डाइनिङभरी सजिएका छन् । सायद हाम्रो विवाहपछि आज पहिलो पटक सम्पुर्ण परिवारको बीचमा आफुलाई पाउँदा भिन्न आत्मीय अनुभुति हृदयले महसुस गर्दै थियो । काका र बाको केही पैतृक सम्पत्तिको मनमुटाव रहँदारहँदै पनि आज साथै थिए । त्यसले पनि सबैमा खुसीको परिधीले आफ्नो सिमाना तोक्न त टाढाको कुरा अनुमान गर्न पनि सक्ने स्थिति थिएन ।

गुलाबी रङ्ग मलाई असाध्यै मनपर्छ । अक्सर मेरो दराज गुलाबी रङ्गले सजिएको हुन्छ । फराकिलो गुलाबी गाउनमा जतिसक्दो राम्रो देखिन सकिन्छ, सजिएर सोफामा बसेको छु किनकि आज मेरो बेबी सावर ।

मलाई सानैदेखि यस्तो तामझाम कहिल्यै मनपरेन । हाम्रो आमा भने यस्ता कुराहरु छुट्ला जस्तो गर्नुहुन्छ । उहाँकै खुशीका लागि भए पनि ठुलो भुँडी तेर्साएर सहि थाप्दै थिएँ म । यो कुनै अनौठो थिएन, परिवारकै इज्जतको लागि बालिग नहुँदै बेहुली बनाई जन्मघरबाट कर्मघर पठाएकी मलाई अबमात्र प्रशवपीडा छिचोलेर कोखको बच्चालाई काखमा खेलाउनु थियो । हुर्काउनु थियो । जिउनुको आधार बनाउनु थियो ।

सबैजनाको मुखबाट बच्चाको आगमनको हतारोले भरिएको शव्द पोखिँदै थियो । तर, त्यसमा मैले सहनुपर्ने पिडाको जिकिर तिलको दाना जति पनि भएन । दिन नजिकिदै थियो । मनमा डरको घर भए पनि नयाँ भुमिका र आमा बन्ने उमंगले भने हृदयमा महल बनाइसकेको थियो ।

दुई दिन प्रशव वेदनाको आहालमा पौडिएर ब्यथाबाट त मुक्त भएँ तर शून्य कोख । रित्तो काख र बिना बच्चाको सुत्केरी आमा उपनामको साथ ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

One Comment

  1. What a disheartening story! My thoughts are with the mother and wonder what else went through the mother’s head, a lot of unanswered questions raised for the psychosocial status. My sincere sadness and emotions indulge in this episode. Stay strong!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button