कुनै विश्वासको ऐना बनाउँदैमा के भयो ?

गजल

नवराज शर्मा तिमल्सिना
हेटौंडा, मकवानपुर

आँखाभरी सपना सजाएर बस्दा मात्रै के भयो
गाउँभरी आँधी आ छ, दीयो बाल्दैमा के भयो ।
एउटा सानो ठेस लाग्दैमा त्यो त ढली हाल्छ है
अब कुनै विश्वासको एैना बनाउँदैमा के भयो ।

सप्रेको छैन बानी बेहोरा, मान्छेको यतिबेला
सभ्यताका गालामा चन्दन लगाएर के भयो ।
अब कोही छैन,मान्छे छैन कुनै देवता
कसैको अगाडि टाउका निहुराएर मात्र के भयो ।

जब उज्यालोको बाढीले, मौसमलाई निलेपछि
फेरि मिर्मिरेमा गर्मीको आँधी ल्याएर पो के भयो ।
यो अनौंठो तिर्खा न हो अब मेटिदैन है
जति माया गरे पनि कुवा सुख्खा छ के भयो ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button