सस्तोमा विश्वभ्रमण !
सुशीला शर्मा
यो पुस्तक महिमाको विषयमा सामाजिक सञ्जाल स्क्रोल गर्दै जाँदा ‘पोईटस एण्ड राईटर्स’ भन्ने पेजबाट साभार गरेर लेखिएको हो । यो पेजमा साहित्य सम्बन्धी चाखलाग्दा विषयहरु बाँडिईरहेका हुन्छन् । यस पेजमा एक अश्वेत यूवा पल ड्यानियल कोबाले बुँदागत रुपमा पुस्तकको महत्वबारे उल्लेख गरेका रहेछन् । यो हामीलाई सान्दर्भिक हुने लागेर यहाँ उल्लेख गरिएको होे । पढौं अब, पुस्तक किन ?
पुस्तकले आत्मविश्वास बढाउन मद्दत गर्दछ ।
पुस्तकले सस्तोमा विश्व भ्रमण गर्न सहयोग गर्दछ ।
पुस्तकले तपाईको व्यक्तित्व विकास गर्दछ ।
पुस्तकले विचारको खजाना उपलब्ध गराउँछ ।
पुस्तकले तपाईलाई हँसाउँछ अनि सोच्ने पनि बनाउँछ ।
पुस्तकले तपाईलाई दक्षतातिर खिच्दछ ।
पुस्तकले सिर्जनात्मकतातिर उत्प्रेरित गराउँछ ।
पुस्तकले लेखन क्षमता बढाउँछ ।
पुस्तकले सञ्चार गर्न सहयोग गर्दछ ।
पुस्तकले तपाईको जिज्ञासाका समाधान गर्दछ ।
पुस्तकले सुन्दर छनौट गर्न मद्दत पुर्याउँछ ।
पुस्तकले साहित्यिक क्षमता बनाउन मद्दत गर्दछ ।
पुस्तकलाई कुनै विशेष डिभाईस चाँहिदैन ।
पुस्तकले तपाईको ध्यानाकर्षण गतिलाई बढाउँछ ।
पुस्तक जहाँसुकै, जुनसुकै बेला प्रयोग गर्न सकिन्छ ।
पुस्तकले मनोरञ्जन प्रदान गर्दछ ।
पुस्तकले तपाईलाई शक्तिशाली बनाउँछ ।
पुस्तकले तपाईलाई किन र कसरी ? जस्ता प्रश्नको जवाफ सिकाउँछ ।
पुस्तकले नयाँ सिर्जना गर्न र मनोरञ्जन फैलाउन मद्दत पुर्याउँछ ।
पुस्तकले बुद्धिमत्तापूर्वक समयको यात्रा गर्न मद्दत गर्दछ ।
पुस्तकले तथ्य र तथ्याङ्कसंग परिचित हुन सहयोग पुर्याउँछ ।
पुस्तकले माया, करुणा र ज्ञान फैलाउँछ ।
पुस्तकले प्रिय साथी बनाउँछ ।
पुस्तकले तपाईलाई बौद्धिक वातावरणमा लैजान्छ ।
पुस्तकले विश्व नै आफ्नै वरिपरी भएको अनुभव गराउँछ ।
पुस्तकले तपाईको दिमागलाई तरोताजा र प्रफुल्ल बनाउँछ ।
पुस्तकले तपाईको क्षितिजलाई फराकिलो बनाउँछ ।
पुस्तकले प्रकृतिलाई तपाईको ढोकैसामु ल्याउँछ ।
पुस्तकले व्यक्तिको व्यक्तित्वमा परिवर्तन ल्याउँछ ।
पुुस्तकले सिकाई अभ्यासको वृद्धि गर्दछ ।
पुस्तकलाई अर्को कुनै साथको जरुरी पर्दैन् ।
पुस्तक तनाव व्यवस्थापनका सहयोगी हुन्छन् ।
पुस्तकले आफू वरिपरि सम्बन्धित अरु व्यक्तित्व पनि छन भन्ने चेतको विकास गराउँछ ।
पुुस्तकले मानसिक र शारीरिक आनन्द प्रदान गर्दछ ।
पुस्तकले एक सञ्चारको साधनको रुपमा कार्य गर्दछ ।
पुस्तकहरु बौद्धिक सन्तुष्टीका कृयाकलाप हुन् ।
पुस्तकले आध्यात्मिक अनुभव प्रदान गर्दछ ।
पुस्तकले भावनात्मक बल प्रदान गर्दछ ।
यी सबै बुँदाहरु पुस्तकका फाइदाहरु भए । तर पुस्तक पढ्दै नपढी यिनका फाईदा मात्रै पढेर पनि के काम । पुस्तकको महत्व बुझेरै होला नेपालमा पनि स्थानीयस्तरमै पुस्तकालयहरुका निर्माण तथा सञ्चालन हुन थालेका छन् । पुस्तकहरु मानव सिर्जना र संस्कृतिका अनुपम अनि अपरिहार्य उपलब्धी हुन् । विविध ज्ञान आर्जन गर्न पाएसम्म, बुझेसम्म पुस्तक पढ्नुपर्ने हुन्छ । यसको साथसाथै पुस्तक पढ्नको लागि सबै समुदाय र बर्गका मानिसहरुले साक्षर हुनैपर्छ । पढ्ने लेख्ने, पढाउने, लेखाउने, वातावरण पनि हुनुपर्नेछ । सबैले सबै पुस्तक पढ्नै पर्छ भन्ने छैन् । तर सचेत हुनको लागि आधारभूत लाग्ने खालका पुस्तकहरु त पढ्नै पर्छ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)