स्वर्ग गयो भन्छन् अरे ! स्वर्ग देख्न पाइनँ

पितृवाणी

गुरुदत्त ज्ञवाली
तिलोत्तमा १, रुपन्देही

भोकाँ… पाइन भुट्या मकै, संगासुरे मोही
दुखाँ… पाइनँ मन बुझाउने मेरो भन्ने कोही
बाचुञ्जेल भुल्लो सिरक निस्तो आटो खान
मरेपछि ठुलै ठाँट ठुलै शैया दान … ।

कुखत पर्दा दवाइ पाइन जड्यौरी नि पाइनँ
तीर्थ ब्रत पँधेरीमै, छल्ल न्वाउन पाइनँ
बुकुरो नि आफ्नो थे’न घराँ..बस्नै पाइनँ
मरेपछि भूमिदान त्यो नि देख्न पाइनँ …।

नाति छोरी नातिनीलाई सुको दिन पाइनँ
दशैं आउँदा अक्षतालाई सग्ला चामल पाइनँ
राम हेर्न जानै पाइन जुतो चप्पल पाइन
मरेपछि अक्षय कोष त्यो नि हेर्न पाइनँ … ।

स्वर्ग गयो भन्छन् अरे स्वर्ग देख्न पाइनँ
मत्र्यलोक आँखा खोली त्यो नि हेर्न पाइनँ
तर पनि आशिर्वाद सन्ततिको सुख
सधै सधै देख्न पाउँ छैन अरु दुःख…, छैन अरु दुःख… ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button