
तिम्रो रगत फिट् भएन मेरो मुटुसँग
कविता
मुना भण्डारी
गन्तव्यमा पुग्नै नपाई बाटो बिराएछु
थाहै नपाई यात्रीसँग प्रित लगाएछु ।
आज भन्दै, भोलि भन्दै मनमै सजाएछु
उस्कै खातिर स्वयम आफ्नु तनै हराएछु ।
सपनीमा उसैलाई सधैं देख्न थालेँ
निदरीमा चुम्बन गर्दै अँगालामा बेरेँँ ।
आहा कति मिठो माया सपनीमा लाएँ
व्युँझी हेर्दा सिरानीमा आँशु मात्रै पाएँ ।
खै कसरी जुर्यो कुन्नि तिम्रो मेरो भेट
वाइफाइ खोली बोल्थ्यौ, केले काट्न थाल्यो नेट ?
जति टाढा गयौ तिमी, उति नजिक आएँ
तारा गन्दै अन्धकारमा तिम्रै गीत गाएँ ।
बिछ्यौनामा पल्टि।एर एक्लै सोची हेर
साक्षात लक्ष्मी गुमाउँदै छौ तिमीले झुकिएर ।
सोचे जस्तो भएन होला, मैले देको माया
खल्ती छाम्ने साथी होलान्, तिम्रो दायाँबायाँ ।
थोरैले नै पुगिहाल्छ बुझ्नेलाई कुरा
नबुझ्नेले मात्रै राख्छन् मनमा कैँची छुरा ।
कति पढ्यौ, किन पढ्यौ केको लागि पढ्यौ
फुल्को डाली नचिनेर लछारेर फाल्यौ ।
म त थिएँ भीरको फूल तिमी काँडा पर्यौ
शिरमा लाउनु थेन भने किन बोटै मार्यौ ?
अहिले खुशी हौला सानु, दोषी ठानी मलाई
सम्झिएर पछि रौला आफ्नु मुटु जलाई ।
खोजी मरे पाउने छैनौ यत्ति माया गर्ने
यो कलिमा आफु बिकी तिम्रो खल्ती भर्ने ।
भैगो अब चाहिंदैन लाउँदिन म प्रित
तिम्रो रगत फिट भएन मेरो मुटुसित ।
हिंड्ने थिएँ होला अझै, बाटो हराएछ
काँडा पन्छाई जान खोजेँ पाइला डराएछ ।
ओइलाएछु बीच बाटोमा चर्को घाम पर्दा
थाकिसकेँ निष्ठुरीलाई धेरै माया गर्दा ।
गलिसकेँ बेइमानीको खोजी गर्दागर्दा ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)