
दुई दिनको जिन्दगी हाँसेर बिताउनु
हर्कबहादुर रावल
अधिवक्ता, प्रतापपुर, कैलाली ।
के छ र धर्तीमा लिनु र दिनु
दुई दिनको जिन्दगी आउनु र जानु
सके माया लाउनु नसके रमाउनु
न ल्याएर आउनु न लिएर जानु
जाने बेला एक्लै आखिर छ जानु
आफु सम्झिबस्नु सम्झने बनाउनु
रोएर आउनु रुवाएर छ जानु
त्यसैले बाचुन्जेल हाँस्नु हँसाउनु
मायालु हुनु र सबैलाई हँसाउनु
यसरी हाँसिखुसी जीवन कटाउनु ।
के छ र धर्तीबाट लिएर जानु
दुई दिनको जिन्दगी हाँसेर बिताउनु ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)




interested