हुँदैन निको आँसुले मुख धोएर गर्ने के ?

मानिसको जीवन

सुनिता केसी
बालकोट, भक्तपुर

मानिसमा पर्छ कठोर बज्र ढुंगामा पर्छ के ?
नपर्ने बज्र परिनै हाल्छ रोएर टर्छ के ?
परेका बज्र नलिए धैर्य रोएर गर्ने के ?
हुँदैन निको आसुले मुख धोएर गर्ने के ?

सबै छन यहाँ मृत्युको निम्तो बोकेर बसेका
धेरै छ्न काम अपुरो छोडि धर्तिमा खसेका ।
दु:खमा पर्दा शान्ति र धैर्य मानिसमा चाहिन्छ
अनि पो हाम्रो जिन्दगी भरि सौन्दर्य पाइन्छ ।

लिएर रित्तो हत्केला रुदै धर्तिमा आउने हो
बाच्नलाई कठिन भो जीवन भन्दै गितमा गाउने हो ।
दु:ख र सुख, हासो र आँसु दुईदिने नासोमा
नपर भर आज र भोलि वैलिने हासोमा ।

जन्मेका सबै मृत्युको लागि बाच्ने अम्मर पो को छ र ?
कहिल्यै नरोही हास्दै जीवन साच्ने पो को छ र ?
पौरख गरौं जीवन हाम्रो नबनाउ खेलौना
शिक्षित युगमा अभाव भो जान्न मनको बिलौना ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button