कसैको जीवनसित मेल खान गएमा संयोग मात्रै सम्झिदिनु होला

किन रोकियो ?

रतन साउँद

जिन्दगीको गाडी बीचमै बिनाहकमै रोकियो,
हाम्रो अनौठो सम्बन्ध अनाहकमै किन रोकियो ?

दुनियाँको नजरमा हाम्रो मुहारमा खुसी छँदै थियो
हाँसिखुसी लागेको मायाजाल सहजै किन रोकियो ?

सँगै बस्ने सँगै जिउने हाम्रो वाचा कसम थियो
अपुग भएर हो कि त्यो पिरती झ्यापै किन रोकियो ?

प्रश्नमाथि प्रश्नै थपियो, मेरो मन उदास भैइदियो
विवादको उठानले होला हर्षउल्लास् ठ्याक्कै किन रोकियो ?

स्वार्थपुर्ण थिएन हाम्रो सम्बन्ध, अधुरो कसरी भैदियो,
जीवनको उद्देश्य छिन्नभिन्न भै सजिलै किन रोकियो ?

(लेख्ने प्रयास मात्रै हो । कसैको जीवनसित मेल खान गएमा संयोग मात्रै सम्झिदिनु होला ।)

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button