
मलाई माया गर्नलाई तेरो औकात हुनुपर्यो नि
गजल
एक्लो प्रितम खड्का
रुपन्देही
याद गर्नलाई त तेरो यादको खात, हुनुपर्यो नि भनी
मलाई माया गर्नलाई तेरो औकात, हुनुपर्यो नि भनी !!
उसङ्गको प्रेमिल पलको महल, बनिसकेथ्यो यता
मसङ्ग हिँडन डुल्न बस्न तेरो जात, हुनुपर्यो नि भनी !!
खै के रहेछ भिडबिचबाट चिहाइचिहाइ नजर देको
मरुभूमिमा रुमल्लिएछु शितलु पात, हुनुपर्यो नि भनी !!
औकात हैसियत भाग्य केही नभएको, म बबुरोलाई
औंसिमा पुर्णिमाको झलमल रात, हुनुपर्यो नि भनी !!
गास बास अनि कपासकै लागि खटिरहेछु, दिनै रात
मेरै साथ बाह्रै महिना बार नि सात, हुनुपर्यो नि भनी !!
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)