नेपाल

कविता

तृष्णा कार्की

हिउँ पग्लेर नदी तल तल झर्दा
पाखा फाँटमा आकाशको पानी पर्दा
वनभरी मृग दैडिरहेका मस्त
शहरमा मान्छे छन् अति व्यस्त ।

खेतभरी धानका बाला लहलह झुलेका
पंछी बगरमा मस्त भुलेका
सागर जस्तै नदी बग्छन्
नेपाललाई माया प्रेम गर्छन् ।

डाँफे चरी रनवन घुम्दै
सुन्दर शितल पवन चुम्दै
चराहरू चारो खोज्छन्
बचेरालाई गुणमा छोड्छन् ।

गुराँस फुल्छ डाँडा ढाकेर
काफल गेडी मिठो पाकेर
कोइली गाउँछे मधुर गीत
मुना मदनको सुनिन्छ प्रित ।

नेपाल छ सुन्दर देश
दौरा सुरुवाल टोपी भेष
चौबन्दीमा पटुकी बाँधेर
फरिया लाउँछन् यहाँ रमेर ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button