
ओई रक्सी
मात्रीका भण्डारी मुना
नाम धेरै भए पनि
काम एउटै तेरो ।
तैंले गर्दा घर परिवार
खुशी छैनन् मेरो ।
अलिकति सरम छैन
जथाभावी बोल्ने ।
मैले तँलाई छुन नपाई
सबै कुरा खोल्ने ।
दुखमा नि खोजी हुन्छ
सुखमा नि तेरै ।
तैलै गर्दा बिग्रेका छ्न्
मानिस यहाँ धेरै ।
खल्ती खलास भयो मेरो
तेरो पसल धाउँदा ।
बेसुरमा रक्सी थप्दै
धुत्ने ठिटी पाउँदा ।
कोदो होस् या स्याउ अंगुर
काम एउटै तेरो ।
अब भेट्न आउँदिन म
बाटो नहेर मेरो ।
जति गर्नु गरिस्
अब सझिन्न म तँलाई ।
दुई चार पैसा
बचत गर्ने चेत आयो मलाई ।
भट्टीवाल्नि पर्खी बस्लिन्
मेरै बाटो हेरी ।
भन्देको छु तैले उस्को ढोका
खोल्लास्, फेरि।
धरोधर्म आउँदिन म
तेरो वरिपरि ।
मलाई हेर्दै हाँसे अरे
मेरा जोरिपारी ।
एक पैसाको आम्दानीले
दस पैसाको सलाई ।
जति लुटनु लुटिस्
अब बाँकी छोड्दे मलाई ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)