तिमीले नै बाल्ने गरेको मैन हुँ म

नारी हुँ म

सुनिता केसी

तिम्रो मायाको दासी हुँ म
तिम्रै मातको बदमासी हुँ म
चाहे भिक्षा देऊ या नदेऊ
तिम्रै आँगनको सन्यासी हुँ म ।

तिम्रै घरको दियो हुँ म
फाटेको लुगाको सियो हुँ म
चाहे गतिलै तरबार किन नउठाऊँ
तिमीलाई दुखमा हाँस्न सिकाउने घरबारे हुँ म ।

तिम्रै घरको लक्ष्मी हुँ म
चाहे सरस्वती नै आइ तिम्रो माथमा बसुन्
तिम्रै घरको मुल ढोका हुँ म
चाहे सबै झ्यालबाट प्रकाश खुलेआम पसुन् ।

तिम्रो सपनाको एक अशं हुँ म
चाहे त्यो दिनमा देख या रातमा
तिम्रै मनभित्रको सहिद हुँ म
चाहे भित्तामा टाँस या साथमा ।

तिम्रै मठको तुलसी हुँ म
चाहे मलजल गर या नगर
तिमीले नै बाल्ने गरेको मैन हुँ म
जलेरै आफू उज्यालो दिनेछु तिमीलाई हरपल ।

बगरको दुई किनारमा वारी तिमी पारी हुँ म
चाहे गड्गडाएरै किन नआओस् बाढी र पहिरो
वर्षाको भेलसरी दुख र पीडा सहेर
स्वाभिमान झुक्न नदिने तिम्रै घरकी नारी हुँ म ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button