दास लेखिका वेट्ली, जसले १३ वर्षको उमेरमा नै ‘भेरियस सब्जेक्टस्’ निकालिन्

लण्डनकी प्रसिद्ध महिला साहित्यकार भर्जिनिया उल्फका बारेमा जानकारी लिईरहँदा ‘अ रुम अफ वन्स औन’को चर्चा हुने क्रममा आफ्नो स्वतन्त्र कोठा अर्थात देशै नहुँदा पनि एकजना दास महिला लेखकले आफ्नो लेखन कार्य निरन्तर गरिरहेकै थिइन् नि भन्ने आलोचना पनि आउँदो रहेछ । यस लेखमा उल्लेख गर्न लागेको पात्र सत्रौदेखि बिसौं शताब्दीको पूर्वाद्र्धमाा चर्चित रहेकी कवि फिलिस वेट्ली हुन् ।

वेट्ली पहिलो महिला अफ्रिकन, अमेरिकन थिईन जसले आफ्नो कविता संग्रह प्रकाशित गरिन् । विट्लीको जन्म पश्चिम अफ्रिकाको सेनेगल जाम्बियामा भएको थियो । उनको जन्म सन् १७५३ मा भएको थियो । अफ्रिकाबाट सात वर्षको उमेरमा उनलाई मानव तस्करहरुले अपहरण गरेर जहाजबाट उत्तर अमेरिका पुर्याए । जोन वेट्ली भन्ने एक धनाढ्य व्यापारीले आफ्नी श्रीमतीको स्याहार सुसार गर्न भनेर ती बालिकालाई व्यक्तिगत नोकरको रुपमा किने । ती व्यापारीको घरमा पुर्याउँदासम्म फिलिस एकदम निरिह, शरीरमा पुरै कपडासम्म नभएकी, विमारी जस्ती देखिन्थिन् ।

एक अपहरित र विक्री भएकी बालिका फिलिसले विस्तारै वेट्ली परिवारमा घरेलु काम गर्न थालिन् । व्यापारी जोन वेन्टलकी श्रीमती तथा छोरा छोरीहरुले फिलिसलाई घरायसी काममा मात्र लगाएनन्, अक्षर चिन्न पनि मद्दत गरे । र, केही समयमा नै वेन्टली परिवारले फिलिसमा रहेको कवि भावलाई पनि पहिल्याए ।

एक गरीब तथा बालिका उमेरमै अनेक ताडना पाएकी फिलिसलाई दास प्रथाले गाँजेको समाजमा पनि त्यसरी सहारा पाउनु नै ठूलो कुरा थियो त्यतिबेला । हुन त दासप्रथाको विरुद्ध विद्रोहहरु पनि भईरहेका थिए ।

सानी केटी फिलिसले घरेलु कामसँगै धर्मशास्त्र (बाईबल) अंग्रेजी, ल्याटिन र ग्रीक भाषा सिकिन् । उनी बसेको परिवारको प्रकृति अनुसार नै उनले आफूलाई दुरुस्त गरिन् । त्यो समय यस्तो थियो जुन बेला ल्याटिन अमेरिकनलाई लेखपढ गर्न कुनै प्रोत्साहन गरिदैन थियो । तर संयोगवश् एउटा दास भईकन पनि फिलिस वेट्लीले आफ्नो क्षमतालाई साहित्यको रुपमा उजागर गर्ने साहस र बल प्राप्त गरिन् । फिलिसले आफ्नो पहिलो कविता संग्रह उनी १३ वर्षको हुँदा नै प्रकाशित गरिन् । उनको कविता संग्रहको नाम भेरियस सब्जेक्टस भन्ने थियो ।

फिलिसले आफ्नो पछिल्लो नाम वेट्ली जोन वेट्लीको श्रीमती सुसानेबाट प्राप्त गरेकी थिईन् । फिलिसको समयमा अमेरिकाको स्वतन्त्रता संग्राम चलिरहेको थियो । फिलिस स्वतन्त्रताको बलियो पक्षपाती थिईन् । यसैकारण उनले आफ्नो कयौं कविता अमेरिकी महादेशीय सैनिक कमाण्डर (जर्ज बासिङ्गटन) को समर्थनमा लेखेकी थिईन् । फिलिसले जर्ज वासिङ्गटनलाई भेट्ने निमन्त्रणा पनि पाईन् । फिलिसले सो निमन्त्रणालाई स्वीकार गर्दै सन् १७७६ को मार्च महिनामा जर्ज वासिङ्गटनलाई भेटिन् ।

फिलिस वेट्ली दमको बिरामी थिईन् । उनले आफ्नो उपचार पनि गर्ने र आफ्ना कविता संग्रहको प्रचार प्रसार पनि गर्ने भनेर लण्डनको यात्रामा निस्किन् । जतिबेला फिलिस लण्डनको भ्रमणमा थिईन त्यतिबेला त्यँहाका नामुद व्यक्तित्व बेन्जामिन फ्रेन्कलिन लगायतले उनको स्वागत गरेका थिए । अंग्रेजी साहित्यमा उनले आफ्नो उचाई बनाउँदै थिइन् भन्ने कुरा पनि यस घटनाले प्रष्ट गर्दछ ।

जब फिलिस लण्डनबाट बोस्टन फर्किन त्यतिबेला समाज दासतामुक्त भएको थियो । उनी वेट्ली परिवारका सदस्यहरुको मृत्युको प्रतक्ष्यदर्शी पनि भइन् ।

सन् १७७८ मा वेट्लीले एक स्वतन्त्र अफ्रिकन अमेरिकन जोन विटर्स नाम गरेका व्यक्तिसँग विवाह गरिन् । जोन व्यवसायमा संलग्न थिए । दासतामुक्त समाज घोषणा त भएको थियो तर समाजका अन्य स्वतन्त्र मान्छेहरुले पूर्व दासहरुलाई सजिलै समाजमा घुलमिल हुन दिईरहेका थिएनन या भनु मानसिक रुपमा मानिसहरु दासहरुलाई पनि आम मान्छेको रुपमा अप्नाउन हिच्किचाइरहेका थिए । विवाहपछि पनि फिलिसले आफ्नो लेखनकार्यलाई निरन्तरता त दिइरहेकी थिईन तर व्रिटेनमा भईरहेका युद्धले गर्दा उनको लेखाईलाई कमजोर बनाउँदै गईरहेको थियो । उनले आफ्ना कविताको दोश्रो भोल्युम निकाल्नको लागि धेरै प्रकाशकहरुलाई अनुरोध गर्दा पनि त्यो स्वीकार्य भईरहेको थिएन् । पारिवारिक जीवनमा पनि धेरै उतारचढाव आईरहेका थिए । उनको तीनवटा बच्चाहरु जन्मिएर तीनवटैको मृत्यु भएको थियो । बिस्तारै गरिवीको चरणबाट गुज्रिरहेकी फिलिसले एउटा बोर्डिङ्ग स्कूलमा मेडको रुपमा काम गरिन् । त्यतिबेला उनको स्वास्थ्य झन् झन् खराब हुँदै गईरहेको थियो । जटिल दम रोगबाट पीडित फिलिस वेट्लीको ३० वर्षकै उमेरमा मृत्यु भयो ।

फिलिसले जस्तो अवस्थाबाट आफ्नो अन्तरनिहित क्षमतालाई चिनिन र त्यहीबाट उबेलाको परिवेशमै भए पनि आफूलाई ढाल्दै पढेलेखेका नाम चलेका अंग्रेजी साहित्यकारहरुलाई छक्क पार्ने कविता साहित्य सिर्जना गरिन् । उनलाई अमेरिका स्वतन्त्रता भएको हेर्नु थियो । उनले मानेका हिरो जर्ज वासिङ्गटन थिए जसलाई उनले भेट्ने अवसर पनि पाईन् । धार्मिक शिक्षा ग्रहण गरिरहेको परिवेशमा फिलिसलाई पनि अफ्रिकनहरु पनि क्रिष्टियन धारमा सहभागी भए दुःख समस्या समाधान हुन्छ भन्ने उनको धारणा थियो ।

समय परिस्थिति प्रतिकूल भएकै अवस्थामा पनि व्यक्तिको चाहना र आत्मविश्वास भएमा महिलाहरु पनि आफ्ना उद्धेश्यमा सफल हुन सक्छन् या समाजमा योगदान गर्न सक्छन् भन्ने उदाहरण हुन फिलिस वेट्ली । धर्मकै परिवेशबाट, दासताकै अवस्थाबाट र त्यतिबेलाको सामाजिक परिपाटीबाट नै साहित्यमार्फत आफ्नो पहिचान गराईन फिलिसले र त पछिल्ला उन्नाईसौ, बिसौं र वर्तमान समयसम्म पनि सशक्त महिला हस्ताक्षरहरु पढ्दै छौ हामी ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button