तुइन हटोस्, पुल बनोस्

मिलन सिलवाल
गोदावरी, ललितपुर ।

सम्भावना र सम्भाव्यताको ठुला ठुला पगरी
अनि,
नेताको कपोकल्पित सपानाको स्वप्न होइन है
हामीले खोजेको विकास
न हामीले सिङ्गापुर खोजेको न स्विजरलयान्ड नै ।

दार्चुलाको विकतता हटोस
सोलुमा बाटो पुगोस्
कर्णालीमा बत्ती बलोस्
खाना नाना र छाना सबैलाई मिलोस् ।

तुइन हटोस्, पुल बनोस्
अशान्ति हटोस्, शान्ति छाओस्
जनजनको फुट हटो्स्
सबैमा जुट्नुपर्छ भन्ने भाव आओस् ।

इतिहासको विरासत जोगाउनु छ हामीले
सुखी नेपाली समद्ध नेपाल बनाउनु छ हामीले
देश हाम्रो भुगोल हाम्रो किन पर्ने अरुको भर
गरौं देश विकास, राखौं कृति, बनौं अमर ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button