रातो, हरियो, पहेँलो रंगीन भई सजिन्छन्

तीजको रहर आयो बरी लै

सुमि श्रेष्ठ

शिवजीको वरदान सबैमा, व्रत हजुरकै नाममा
बिहे गरी जान्छन् चेली पराई घरमा
बोलाउँछन् माइतीले सधैं यही तीजमा ।

जान्छन् दाजुभाइ दिदीबहिनी लिनलाई
आमा बाटो हेर्दै बस्छिन, कहिले आइपुग्छन् भनी ।

दर खाँदै मिलिजुली बस्छन् यही तीजमा
दुःखसुखका कुरा साटी बस्छन् सबै यही माझमा ।

बिहानीको घाम नझुल्किदै नुहाईधुवाई गर्छन्
सफा मन लिएर पूजा गर्न जान्छन् ।

रातो, हरियो, पहिलो रंगीन भई सजिन्छन्
ूतीजको रहर आयो बरी लै भन्दै गीत गाउँदै नाच्छन् ।

बेलुकीको घाम डुबेसी खुशी भई फर्किन्छन्
पतिदेवको हातबाट व्रत फुकाउँछन् ।

वर्षौंदेखि भेट नभएका साथीसँगी भेटिन्छन्
सबैजना मिलिजुली, हाँसीखुसी तीज मनाउँछन् ।

तीजको रहर आयो बरी लै ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button