
परिधि बोकेँ, क्षेत्रफल बोकेँ, कयौं सिमानाहरुलाई बोकेँ
सोम्नु राई
मैले उठाउन नसक्ने कयौं आत्माहरुलाई बोकेँ
परिधि बोकेँ, क्षेत्रफल बोकेँ, कयौं सिमानाहरुलाई बोकेँ ।
यहाँ मलाई मार्न जल्लादी सिकारीहरु आउँछन्
हेरेर मुसुक्क मुस्कुराउने मुहारमा कयौं पिडाहरुलाई बोकेँ ।
अहँ मलाई कसैले बुझ्दैन, किनकि म कर्म हुँ
बोक्न त आजादको प्यारहरुलाई बोकेँ ।
कालचक्रीय सिमाना कोरिन्थ्यो मृत्युको संघारमा
तैपनि जल्लादहरुको काला कर्तुतहरुलाई बोकेँ ।
मैले उठाउन नसक्ने कयौं आत्माहरुलाई बोकेँ
आभाष बोके, अभाव बोकेँ, कयौं नियतिहरुलाई बोकेँ ।
परिधि बोकेँ, क्षेत्रफल बोकेँ, कयौं सिमानाहरुलाई बोके
आजादको प्यार र जल्लादका काला कर्तुतहरुलाई बोकेँ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)