सम्पत्ति संरक्षण गर्न सकेसम्म आफ्नै परिवार हुनुपर्छ

तारा घिमिरे
संखुवासभा

जिउने आधार बलियो कलम हाम्रो हतियार हुनुपर्छ
सम्पत्ति संरक्षण गर्न सकेसम्म आफ्नै परिवार हुनुपर्छ ।

हत्या हिंसा बलात्कार चोरी जस्ता घटना सधैँ घट्नुमा
अपराध गर्न हिम्मत गर्नेलाई संरक्षणको आधार हुनुपर्छ ।

दूर दराजबाट आउदैन हेर मिच्न साँध सिमाना देशको
त्यहाँ’त देशको बागडोर सम्हाल्नेको स्वीकार हुनुपर्छ ।

भ्रष्टाचार गरी कमाएको सम्पत्ति अरबौँ छ कयौंसँग यहाँ
यस्ता देश चुस्ने जनता माराहरू देशबाट फरार हुनुपर्छ ।

समाजमा सुन्दर संस्कार भित्र्याउन सबैमा चेतना अावस्
सन्मानित हुन राम्रो काम सँगसँगै सुन्दर व्यवहार हुनुपर्छ ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)


Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button