उठ अब फूलनदेवी बनेर

कविता

मीरा शाही
उदयपुर

मनमा एउटा अनौठो लहर
तरङ्गित बनिरहेछ ।
लहरमा हुत्तिँदै हुत्तिँदै मन
कहिले कहाँ कहिले कहाँ पुगेर ठोकिन्छ ।
कहीँ मनको आयतन खुम्चिएर आँखाहरू रसाउँछन् ।

न्याय मरेको यो देशमा
न्याय, सुरक्षा र शान्तिको अनुभूत
गर्न नसकी रहेको बेला
मनमा त्रासै त्रास बोकेर
बजारको त्यो भिडमा
ती रङ्गिन चुरा र टीका किन्ने
कुनै रहर छैन प्रिय मलाई !

जे सोचून दुँनिया, सोच्दै गरून्
जे भनून दुँनिया कुनै पर्वाह छैन ।
बलात्कार भई दिनै
निर्मम तरिकाले निर्दोष बालिकाहरू
मारिइरहेका बेला
मन आक्रान्त छ
पीडाबोध भइरहेछ
यो बेला कुन विजयोत्सवको लागि
रातो सारीमा सोह्र श्रृङ्गारले
सजाऊँ प्रिय आफूलाई ?

कुनै श्रृङ्गारमा लालायित छैन मन
आक्रोशित छ घाइते बघिनी झैं
एक एक चित्कारको बदला लिन ।
जति सह्यो उति दबाउँछ
त्यसैले उठ अब फूलनदेवी बनेर
प्रतिकारको लागि, प्रतिरक्षाको लागि
उठ अब सबै उठ ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button