ज्यानै दिन सक्छु भनी किन झुटो बोल्नु ?

पाँच मुक्तक

सुशीला चौरेल

तिम्रो मेरो मायामा बन्देज आयो भने
छाड प्रिय अब हामी छुटौं नभने
मापदण्ड र दायरा झन् तोकिएछ भने
सपनाको हाम्रो भर्याङ ढालौं नभने ।

तिमी रुँदा सँगसँगै रुन पाए पुग्छ
एकलै हाँसे तिमी बरु सुन्न पाए पुग्छ
मायाको युद्दमै लडौंला तिमीले जीते पुग्छ
म विचलित हुँ जति तिमी उठे पुग्छ ।

जिन्दगीको बाटोमा नयाँ मुहार जोडयौ भने
परचक्री भेटेपछि आफ्नोलाई छोड्यौ भने
कहाँ गई बिसाउँछौं भारी, पिरतीको झोला
पछुतोमा तड्पिएर बाँच्नै गार्हो होला ।

जस्तो बोल्छौ त्यही गर बठ्याइँ चाहिँदैन
आश्वासनले भरी मनलाई चोर्न पाइँदैन
खाली दिललाई चोर्न सक्ने खुबी गर्नेले
यतातिर रित्तो पारी अन्तै भर्नेले ।

नभएका प्रेमका वाणी किन यता खोल्नु ?
ज्यानै दिन सक्छु भनी किन झुटो बोल्नु ?
हात समाउन नसक्नेले किन जीवन रोज्नु ?
भन्नु भन्दा पहिले पर्छ धेरै कुरा सोच्नु ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button