
घोचे पनि नदुख्ने मुटुसँग रिसाउनुको के अर्थ
गजल
गंगा दहाल
ललितपुर
अनुभुती नहुनेसँग वेदना मिसाउनुको के अर्थ
घोचे पनि नदुख्ने मुटुसँग रिसाउनुको के अर्थ ।
संवेदना नबुझ्ने ती बहिरा कानहरुका अगाडि
पिडा, वेदना र विरहको गीत गाउनुको के अर्थ ।
बाँचुन्जेल, भोक, रोग र शोकले तड्पिनेहरुलाई
मरेपछि सम्मान श्रद्धाञ्जली पाउनुको के अर्थ ।
अकल्पनीय सधै अन्धकारमय भोग्नु पर्छ भने
घर आँगन उज्यालो बिहानी छाउनुको के अर्थ ।
लामो यात्रामा खोला तरेर लौरो फ्याँक्नेहरुलाई
टाउकै ओछ्याएर सधैसधै रिझाउनुको के अर्थ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



