
जेठोभन्दा माइलो कडा
जीवनकुमार श्रेष्ठ
नेवा देय दवू विर्तामोड नगर समिति
पोहोर साल जेष्ठ भाइ कोरोना भन्ने देशान आयो ।
ज्वरो आयो जिउ दुखायो चिन्नै नपाइ प्राण खायो
दुरी कायम, होशियार रहनेले जीवन पायो
मिचीमिची हात धोई माक्स लाउनेले राहत पायो ।
यस्तै यस्तै आँकडामा पोहोर साल तीन हजार
यही माइलो कोरोनाले चार महिनामा पाँच हजार
यसपालिको कोरोना त खै के खै के कस्तो कस्तो
सास फेर्न कठिन हुने निमोनिया दमजस्तो ।
हिँड्दाहिँड्दै अक्सिजनको लेवल पनि घटिजाने
सोच्दासोच्दै बुझ्दाबुझ्दै अन्जानमै ज्यान जाने
घुमिहिँडदै गरी खाँदै घरकै जवान पोजेटिभ
बुढाबाबु बूढीआमा उनैबाट भयभित ।
सास फेर्न मुस्किल भन्दै अस्पताल कुदाइहाले
चाँजोपाँजो मिलाइरहँदा उनले ज्यान गुमाइहाले
रुपैयाँको गाँठ गयो न त छोरा मिल्न पाए
न त छोरी आफन्त नै गाउँ घरै जान पाए ।
अस्पतालले जे गरे नि प्लास्टिकको धोक्रोभित्र
मुखै हेर्न नपाउने छोराछोरी इष्टमित्र
हेर्न जाने इच्छा हुँदै बस्न पर्यो घरभित्र
के पो यस्तो देख्न पर्यो यो युगको करुण चित्र ।
खै के खै के हल्ला आउँछ उमेरवालको अंग सबै
काटिकुटी निकालेर पोलेथिनले छोपी सबै
दुई लाख बैना गरेपछि अस्पतालमा सिट मिल्ने
बिदा भई घर आउँदा आफ्नै घरबार नरहने ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



