खोइ र देश त्यहाँ ?

सुशीला शर्मा

खोइ र देश त्यहाँ
लडाइँ छन, हमलाहरु छन्
काँधमा बोकिएका हातहतियारहरु छन्
भाग्न चाहन्छन्, बाँच्न चाहन्छन्
त्रस्ततामा दौडिरहेछन्, मानिसहरू
खोइ र देश त्यहाँ ?

आफैभित्र मिल्न नसक्ने द्वन्द त्यो धर्मान्धताको
उस्तै बर्षौदेखि पराइले डेरा जमाएको
खोइ र देश त्यहा ?

खेदेर, लुटेर साम्राज्य खडा गर्दा गर्दै
मान्छे मान्छेको लडाइँ हेर्दै
अस्तब्यस्त बनाइ छोडिदिएपछि बैरीले
खोइ र देश त्यहा ?

संसारलाई पहिले मान्छे बस्न योग्य बनाउने
मान्छेहरुकै खडेरी छ यहाँ
महिला, जेष्ठ अनि बालबालिकाको
खोइ र देश त्यहाँ ?

शक्ति र साम्राज्यका अहम छोडी
मानवता र भाइचारा फैलाउने
साच्चै नै मध्यस्थकर्ताका
हिमायती भएका
खोइ र देश यहाँ ?

ए अफगानीहरु, कति लड्छौ आपसमै
मानवता मिसिएको आफ्नै स्वतन्त्र समाज बनाऊ
अनि भन, हाम्रो देश छ नि त यहाँ ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button