
विश्राम होइन जिन्दगी
भावना सापकोटा
विश्राम होइन जिन्दगी
कर्म गरौँ निरन्तर
मन्थन गरौँ संसारको सार
चमत्कार र चोटिलो होस्
भोलिको इतिहासको धार ।
घोर अन्याय छुटोस्
शान्तिको सन्देश जुटोस्
हिंसा र भेदभाव बढी आएको
मानव क्लेश
निर्मल होस् मेघाले ढाकेको आकाश
बदलियोस् भेष
दिलायौँ मानवताको आभास ।
बुजायौँ शरीर होइन
आत्माको शीर्षक
उदिप्त जागरण
आवेश लेकमा
यो आर्य सभ्यताको
पवित्र भूमि
होइन यो एक अर्कासँग गर्ने
संघर्ष स्थल
सबैले मिलेर बनायौँ
विश्व संस्कृतिको शिखर चुली ।।
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक) 


