मायाको महत्व बुझ्न सम्बन्ध छुट्न पर्ने रैछ

दिनाङ्क आचार्य

ठूला सपना पूरा गर्न छाँगाबाट खुसी फुट्न पर्ने रैछ
दुःख, पीडा सहनका लागि कहिलेकाहीँ दिल टुट्न पर्ने रैछ ।

परिवारसँगको माया फरक उनीसँग फरक
मायाको महत्व बुझ्नका लागि सम्बन्ध छुट्न पर्ने रैछ ।

मनका इच्छा र सपना पूरा गर्न त्यति सजिलो कहाँ छ र
यी सबै कुरा पूरा गर्न समयसँग समयलाई लुट्न पर्ने रैछ ।

भन्छन् नि लहलह झुलेका सुन जस्तै धानका बाला
ती सुनलाई केलाउन र खेलाउन मन मर्ने गरी चुट्न पर्ने रैछ ।

कसैको भाग्यमा कोही छ त कसैकोमा कोही हुन्छ
एक अर्काको साथ पाउन दुई जनाको भाग्य जुट्न पर्ने रैछ ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button