मेनका, उर्वशी, तिलोतमा, सुनकेशरी कति नाउँ नजरको

सोम्नु राई

होहल्ला चर्काचर्की प्रेमभाउ बजारको
त्यो भन्दा नि खुल्ला व्यापार आँखीदाउ नजरको ।

कसले कसलाई के भनेर बोलाउने हो थाहा छैन
जताततै बल्झी दुख्छ दुष्ट घाउ नजरको ।

भ्रस्टाचारी विचौलिय ठगैठगको बास भयो
आँखा झिमिक माल हरायो हजार छन् साउ नजरको ।

आखिर किन वैरभाव अनि दुश्मन भए दुनियाँ सार
एउटै त हो मान्छे मान्छे किन दाउ हजारको ।

मेनका ! उर्वशी ! तिलोतमा ! सुनकेशरी !
सबै जना नारी नै हुन् कति नाउँ नजरको ।

होहल्ला चर्काचर्की प्रेमभाउ बजारको
त्यो भन्दा नि खुल्ला व्यापार आँखीदाउ नजिकको ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button