कहिल्यै हार नखानु है विछोडमा एक्लो परी

कविता

सुशीला नेपाल

तिम्रो काखका बस्न पाए पाउने थिएँ जीवन भनी
माया तिम्रो चोखो सम्झी गहिरो माया दिएँ पनि ।

झुठो रहेछ तिम्रो माया जिउँदै मलाई जलाए सरी
आज जीवन निराश भाछ तिम्रो नाटकको पात्र बनी ।

विश्वास गर्ने त थिइनँ मैले पनि तर बाँधियौ आफ्नो भनी
जीवनभर सँगै जिउने भनी आगोमा फाली जीवनको बली ।

घर न घाटको किन पार्यौ मलाई आफनो नबनाउने हो भनी
तिम्रो सपनाको महलमा खुसी जीवनको तिम्रो साथ आउँछु भनी ।

तर मायाको जालमा पारी अरुलाई रुवाउन पारी
तिमीले दिएको धोकालाई अब स्विकार गरी
देखाउनेछु तिम्रो अगाडि जीवनमा अघि बढी ।

मेरो विश्वास र मायालाई खाडलमा पारी
कतिन्जेल रमाउँछौ म दुखीलाई रुवाउने पारी ।

तिम्रा नरम बोलीले अरुलाई फसाउने गरी
कहिल्यै आश नदेखाउन अरुको जीवन बिचल्ली पारी ।

दिन तिम्रो नि आउछ रुने अनि एक एक हिसाव फर्किने गरी
सोझो मान्छेको पाप लाग्ला है जीवन भर पछूताउने गरी ।

भर धेरै नपर्नु नै साथीभाई सबैलाई सचेत हुने गरी
सानो कविता वााचन गरेँ सबैको भलाइ हुने गरी
कहिल्यै हार नखानु है बिछोडमा एक्लो परी ।

परामर्शकर्ता छन् नि तपाइको कुरा सुन्ने सामाना गर्नै भनी
मिलेर समस्यासँग जुध्ने छौं हामी तपाइको दुखमा मलम लगाउने गरी ।

मन दुखी हुँदा, अताँलिदा, पिडामा रहँदा शान्त मन पार्ने भनी
आएका छन् आपनो समस्यालाई लुकाएर तपाइको साथमा साथ मिलाउने भनी ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button