‘मनको कैदी’ आयो

झापाका पत्रकार तीर्थ सिग्देलको ‘मनको कैदी’ कथासंग्रह प्रकाशित भएको छ । सिग्देलको यो पाँचौ कृति हो भने दोस्रो कथासंग्रह ।

सिग्देल भन्छन्, ‘खासमा मान्छे मनद्धारा संचालित हुन्छ । मनले नै सबै ज्ञानेन्द्रियहरु परिचालित भएका हुन्छन् । जसले मानिसहरुका इच्छा, कामना, अभिलाषा, रुचि, स्वभाव र प्रकृतिलाई नियन्त्रण गरेको हुन्छ । अझ भनौं, उनीहरुका उनीहरुको अनुभव, इच्छा, क्रोध, विचार, संकल्प विकल्पलाई नियन्त्रित तथा परिभाषित गर्ने अन्तःकरणको अंश वा वृत्ति, नाक, कान, आँखा, स्पर्श, स्वाद आदिले प्रभावित पार्ने इन्द्रीय अन्तःकरण, चित्त, दिल वा हृदयको आवाज हो । जहाँ मानिसहरु कैदीसरह जीवन बिताउन बाध्य छन् ।’

‘खासमा भन्ने हो भने एउटा लेखकले मान्छेको मनभित्र पसेर लेख्न सक्नुपर्छ । म त्यही शैली अपनाउँछु, जहाँ मान्छेहरुको कथा, व्यथा झल्किन्छ’, उनले भने । संग्रहमा १३ कथा छन् । किताबको मूल्य रु. २५० रहेको छ ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button