
ल्याप्चे
लघुकथा
सुन्दरी घिमिरे खतिवडा
सङ्खुवासभा
‘भाेट कस्लाई ? मलाई । भाेट कस्लाई ? मलाई ।’
जताततै रङ्गीन पर्चाहरु छरिएका छन् । झण्डाहरु फहराइएका छन् । गाउँघरमा मानिसहरुकाे लर्काे छ । बिहेका जन्तीकाे लर्काे हाेकी भन्ने भान परेकाे छ गाउँलेहरुलाई ।
बिर्खबहादुरले भने, ‘मलाई हजुरले एक मात्र भाेट दिनुभयाे भने याे गाउँमा ठूलाे परिवर्तन ल्याउने छु ।’
परबाट बिनु मुसुमुसु हाँस्दै आई र भनिन्, ‘हजुरकाे घाेषणापत्र पढ्नुहाेस् न, सुनम ।’
बिर्खबहादुरले भने, ‘ए कान्छा पढ् पढ् ।’ कान्छाले घाेषणापत्र पढ्दै गयाे ।
‘ए कान्छा त्याे पनि पाे लेखिस् ? त्यसकाे त मसँग जवाफ छैन मेटिदे है ।’
फेरि कान्छाले पढ्दै गयाे, ‘शिक्षाकाे ज्याेति छर्नेछु । तिम्राे मुहार फेर्नेछु । विकासकाे मुल फुटाइ । भकारीमा अन्न भर्नेछु ।’
विर्खबहादुर- ‘ए गाँठे राम्राे पाे लेखेछ त हाै !अब त म ल्याप्चे ठाेकीहाल्छु नि, नाम चै मेराेइ लेख् है ।’
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



