
बोल्नलाई शब्द इन्टरनेटको सारमा अडिएको छ
कविता
दिनाङ्क आचार्य
एक्लो जिन्दगी टेलिफोनको तारमा अडिएको छ
बोल्नलाई शब्द इन्टरनेटको सारमा अडिएको छ ।
उहिले एउटा चिठीको भरमा महिनौं गुजारिने माया
अहिले रिङटोनको सानो झङ्कारमा अडिएको छ ।
समय अनुसार चल्नु पर्छ भन्ने होलान हुन पनि
त्यही भएर माया फरक फरक प्रकारमा अडिएको छ ।
भने जस्तो सोचे जस्तो हुनै पर्छ सबैलाई
नत्र भने रुखो बोली अनि केरकारमा अडिएको छ ।
इन्टरनेट र फोन तिम्रो पनि त चल्छ होला
तैले र मैले गर्ने इगो र एटिट्युडको सत्कारमा अडिएको छ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



