फुटाउने भएछ खेल यो

गजल

पुष्पा नेपाल (सुवेदी)
इलाम

नजानिँदो गरेर मेल य‍‍ो
फुटाउने भएछ खेल यो

तितामिठा कुरा लगाउँदै
लुकेर गर्छ फेरि झेल यो

जहाज आउँदै छ भन्छ ख‌ै
यहाँ कुदाउँदैन रेल यो

हुँदैन बोल्न देखिने कुरा
समाउँदै छ हाल्न जेल यो

उँधोउँभो सरेर ठोक्किँदा
लडिन्छ झैँ भएर फेल यो

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button