नपिई पानी सम्झेर सानी पसिना पेल्दछन्

कविता: जागौं युवा

बासु सापकोटा
दोलखा

बनाऔं देश मिलेर युवा नपरौं दोधार
समृद्धि अब ल्याउनु पर्छ गरौं है बिचार
अभाव अझै नपरोस् खेप्न समाज जनमा
हाँसो र खुसी मिल्ने छ हेर सबैको मनमा

आउँछ बैरी नियाल्छ जान्छ बोल्ननी सकिन
सबैले सोचौं मनन गरौं हुँदैमा जमिन
पल्केका नेता छोड्दैनन् कुर्सी रसिलो भएर
पोटिलो गाला उक्सियो भुँडी सत्तामा गएर

पहिलै देखि गढेको जरो फाल्न भो कठिन
लागेको थिएँ उखल्न भनी म आफैं बचिन
सतिको श्राप परेको देश भन्दछन् जनता
देखिन्न अझै स्पष्टसँग माया र ममता

लाखौंका युवा अरबतिर देश भो सुन्सान
मुखमा माड लगाउँ भनी छोडेर जहान
बालुवा चाल्दै सावेल हान्दै धुपमा खेल्दछन्
नपिई पानी सम्झेर सानी पसिना पेल्दछन्

जागौं है युवा नबसौं अब हेरेर टलल
मुखमा हाँसो ल्याउन सकौं गरेर पहल
घरमा आमा ती बृद्ध बुबा नहेर रोएको
बिहान साँझ निराश मन आँसुले धोएको

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button