
मन्दी र बन्दीले लडायो उत्तानै पारी
कविताः मेरा बाध्यता
सुनिलबाबु स्याङ्तान
सम्झनाका लहर बोकी
गहका आँसु रोकी
मनका वेदना पोखी
पसिनाका धार छेकी
हिडे म गब्रू जवान लाहुर
शिरमा चन्द्र र शुर्यको ताज बोकी ।
सिद्धासादा पढेलेखेको म
न त जागिरले साथ नै दियो
न त व्यापरले राहत नै
जता जे गरे पनि पाए मैले आहात नै
न कतै बिक्न नै सके
न त बिकाउन नै ।
रहर त थियो
कृषिमै क्रान्ति ल्याई
चुहिएका धुरी छाउनलाई
मनमा शान्ति ल्याई
आरामको जिन्दगी जिउनलाई
तर अफसोच
रोकिएन सिलसिला आफै ठगिनलाई ।
र, पनि गर्दै थिए ज्यालादारी
मन्दी र बन्दीले लडायो उत्तानै पारी
कोरोनाको कहरले सुतायो सर्लकै पारी
उतारुँ कहाबाट आफ्नो घर र वारी ?
ऋणका भारीले सकायो खेतवारी
बैंकको किस्ताले ल्यायो भोकमारी
लाग्न थाल्यो आफैलाइ दिकदारी
अपमान र तिरस्कारले लियो ठेकेदारी ।
कसरी बस्नु सबैलाई नङ्ग्याई
के भनी बस्नु सबलाई दङ्याई
कसरी हेर्नु सबलाई रूवाई
के भनी छेक्नु सबलाई रूझाई ?
साहुसँग ऋण काढी
लागियो मुगलानपारी
बाझै राखी खरबारी
पुरा गर्न परिवारको जिम्मेवारी ।
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



