उसले बकी, ‘के विधुवामा मायाकाे हक हुँदैन ?’

लघुकथा: बाटाे फुक्याे

डा. विदुर चालिसे

सुन्दर जीवन बिताउने रहर थियाे । समय अकल्पनीय बन्याे । सागरकाे जीवन खै कसरी हाे सकियाे । गंगाले सासु बजैलाई सहज भावना तर असहज परिवेशका बीच भनी, ‘विधवाकाे जीवन कुनै जीवन हाेइन रहेछ ।’

‘विधुवै भएर पनि पाेई खाेज्न लाज लाग्दैन ?’

गंगाकाे लाेग्ने मरेकाे महिना दिन पनि नकाट्दै उसकाे अतृप्त भावनामा लुकेकाे मानसिक आशक्ति उत्तेजनाकाे आवेग छर पस्ट भयाे । सासू बजैले विधुवै शब्द भनेपछि सारा जीवनका बाँकी उत्साह र उमङ्ग ढल्याे ।

उसले बकी, ‘के विधुवामा मायाकाे हक हुँदैन ?’

फुस्रै मुहार, रूग्ण शरीर, शुष्क जीवन, निरस ध्यान र पीडाकाे भुँमरीमा बाँचाेस् भन्ने रूढ समाजकाे सभ्यता र टेडामेडा नजर उसका जीवनका लागि अभिशाप बनेकाे थिए । सामजिक घृणाकाे बीच विधुवाकाे यस्ताे छाडा कुरा सुनेपछि सासु बजै झनै छड्किन लागिन् र बर्बराउन थालिन्, ‘जात फाला आइमाई !’

गाउँमा पनि गंगाकाे गतिछाडा जीवन बारे अनावश्यक राेइलाे चल्याे । तिनका नजरमा गंगा अब अछुत दरिई । उसलाई देख्ने आइमाईहरू पन्छिन थाले। गँवार भावनामा रमाइरहेका कुराैटे वर्गले पनि परम्परा र धर्मकाे हेक्का नराखेकी भनेर बेलाबेला कुरा काट्ने गरे । उनीहरूले आफ्ना अभिष्ट फर्मान जारि गरे,’विधुवै भएर मायाकाे कुरा गर्ने लबस्तरीले गाउँ नै बिगारी !’

रूढीग्रस्त समाजकाे मन अझै फेरिएका थिएनन् । समाजमा गंगा र लाेग्नेकाे उमेरकाे तुलना थियाे । रूप, रङ र व्यवहारकाे कुरा थियाे । उचनीच जे भएपनि तिनकाे पनि अन्तिम निष्कर्ष थियाे, ‘अलछिना आइमाई !’

प्रताडित गंगाले आफ्नाे नैसर्गिक हक खाेज्न थाली र संकल्प गरेर भनी, ‘अब म भैरवी बन्छु !’

त्यसपछि उसले रातै चुरा, टीका, पाेते, पहिरन र घुम्टाे लगाएर कुमारसँग जग्गेमा बसी । मन्त्रसँगै सपथ खाएर भनी, ‘मायाकाे बाटाे फुक्याे !’

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button