
पाएन बरै देशले नयाँ काँचुली फेर्नलाई
गीति कविता
मात्रीका भण्डारी ‘मुना’
लोकन्थली, भक्तपुर
गरिबी भित्र त्यो चिसो चुल्ह्रो को आयो हेर्नलाई
पाएन बरै देशले नयाँ काँचुलि फेर्नलाई!
नेतालाई गाडी, बङ्गला, कुर्सी मजदुरले दिएको
शरीरमा थियो पुरानो लुगा टालेर सिएको!!
किसानको गोठमा गाई ,भैंंसी खेतमा धानको बिउ
नेताको घरमा मिठो मसिनो बास्मती चामल घ्यु!!!
फेर्ने छु भन्ने यो देशको मुहार धेरै थ्यो बाहाना
पुगेन आज सोचेको सबै जनताको चाहाना!!!!
खल्तीमा उनकै देशको चाबी उनकै छ अधिकार
उनैले जिते चौकादाउ हजुर जनताको भयो हार!!!!
गरिबी भित्र त्यो चिसो चुलो को आयो हेर्नलाई
पाएन बरै देशले नयाँ काँचुली फेर्नलाई!!!!!
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



