दुःखी हुँदा पनि किन आँसु झर्दैन ?

कविताः नयन

सुमि श्रेष्ठ

संसार हेर्न यी आँखा
संसार चिन्न सिकाउने यी आँखा
आज किन फिक्का-फिक्का लाग्दैछ ?
सबैतिर रङ्गिन देख्ने यी आँखा
आज किन सबैतिर अँध्यारो लाग्दैछ ?
हाँस्ने बेला पनि रसाउने यी आँखा
आज दुःखी हुँदा पनि किन आँसु झर्दैन ?
संसार हेर्न इच्छा थियो
तर आज गुनगुनाहटबाटै
रमाउँदै छु ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button