… आफ्नै खल्ती भरे हुन्छ

गमुको पाठशाला उत्कृष्ट श्रृँखला (मुक्तक)

सिर्जना खनाल
भैरहवा, रुपन्देही


राजनीतिमा हात हाल्न दुई चार अक्षर पढे हुन्छ
देशको विकास म गर्छु भन्दै आफ्नै खल्ती भरे हुन्छ
कति चुस्छौ जनताका पसिना र रगत नेताहरू हो
अझै पनि कुर्ची दाउमा पार्न झुठा भाषण गरे हुन्छ ।

हत्या हिंसा गर्ने व्यक्ति इज्जतको चुलीमा छन्
सोझासाझा गरिब भोकमरीको धुरीमा छन्
लोकतन्त्र प्रजातन्त्र जे आए नि देश त्यस्तै
स्वदेशी कर्मठ युवा विदेशको भूमिमा छन् ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button