‘कृपया ! महिनावारी भएका महिलाले पसलको कुनै पनि सामान नछोइदिनुहोला’

मनका कुरा: महिनावारी

क्षितिजा श्रेष्ठ श्रेष्ठ
काठमाडौं

असँख्य सपनाको शहर राजधानी । असँख्य मनिसले आफ्ना सपना सजाएको राजधानी । यहि शहरमा आफ्नो गन्तव्य खोजिरहेकी म । एकदिन बाटोमा हिँड्दै गर्दा एउटा पसलमा ध्यानआकर्षित भयो, जहाँ लेखिएको थियो, ‘कृपया ! महिनावारी भएका महिलाले पसलको कुनै पनि सामान नछोइदिनुहोला ।’

एक छिन त अचम्मित भएँ । ट्वाल्ल परेँ । मन एकदमै अमिलो भयो । मानिस अझै पनि यस्ता वकम्फुसे कुरामा अल्झिरहेका छन् । अन्धविश्वासमा अल्झिरहेका छन् । आजको आधुनिक युगमा आइसक्दा पनि मानिसले यो प्राकृतिक प्रक्रिया हो, कुनै अपराध होइन भन्ने कुरा बुझेर पनि आफ्नो सोचाईमा परिवर्तन ल्याउन सकेका छैनन् ।

वास्तवमै समाजमा महिलाहरुका लागि विभिन्न आवाज उठाईएका छन् । तर, पनि अझै परिवर्तन् भएको छैन । महिनावारी भएकी नारीलाई छुनु हुँदैन, उसले पकाएको खानेकुरा खानु हुँदैन भन्ने सोच भएका ‘महान’ पढेलेखेका व्यक्तिहरुले सानो छँदा महिनावारी भएकी आमाकै दुध चुसेको बिर्सिन्छन् ।

समाजमा कहिलेसम्म यो कुरीती ?

परिवर्तन सम्भव छ । सुरुवात आफैबाट गरौं ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button