सिध्दपोखरीः शान्तपोखरी, यादपोखरी, आनन्दपोखरी, तस्वीरपोखरी

कविताः सिध्दपोखरी

मोहन के. श्रेष्ठ
भक्तपुर ।

स्थलको भुगोलमा तिमी भक्तपुरको एक ठाउँ
मनको भुगोलमा तिमी ब्रह्माण्डभन्दा पारी
अनन्त सागरमा !
तलाउको रुप लिई
स्वर्गको रुप लिई
नयनपान गराई रहेकी तिमी
तिमीलाई देख्दा मोहित नहुने को पो होला र ?

चारैतिर वरिपरी रुखको हावाले
स्थलको जीवन दिई
माछालाई जलको जीवन दिई
सबलाई जीवन र
आनन्द दिईरहेकी तिमी
कोहि अप्सरा भन्दा कम नरहेकी तिमी
तिमीलाई हेर्न मात्र होइन
तिमीसँग प्रेमलाप गर्न
आइरहेका आगन्तुकहरु
आफ्ना प्रेमहरु पनि
तिमीसँगै बाँडिरहेको छन्
मानौं
तिमीसँगै साटिरहेका छन्
प्रेमिला युगल जोडीहरु पनि
तिमीलाई कैद गरिरहेका छ्न्
अथवा भनौ तिमीसँगै कैद भइरहेका छन्
उनीहरुका प्रेमका स्वर्णिम रंगहरु पनि
तिमीसँगै लुकाइरहेका छ्न्
तिमीसँगै हराइरहेका छन्
तिमीसँगै याद बनाइरहेका छ्न् ।

तिमी, तिमी उही शान्त पोखरी
तिमी, तिमी उही याद पोखरी
तिमी, तिमी उही मलाई मन पर्ने सुन्दर पोखरी
तिमी, तिमी उही मेरो मनको आनन्द पोखरी
तिमी तिमी उही मेरो मुटुमा कैद तस्वीर पोखरी ।

संज्ञा पाएका छौ तिमीले
तिमी उही सिध्दपोखरी ।
तिमी, तिमी उही सिध्दपोखरी ।

(कविता, कथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button