महामारीमा मैनबत्तीको कथा

सुदीप नेपाल
सैनामैना, रुपन्देही ।

चारवटा मैनबत्तीहरु विस्तारै जल्दै थिए । वातावरण यति चकमन्न थियो कि उनीहरु आपसमा फुसफुसाई रहेको पनि प्रष्टै सुनिन्थ्यो ।

पहिलो मैनबत्तीले भन्योः म शान्ति हुँ । कसैले पनि मलाई बाल्न सक्दैन । त्यसैले म ठान्छु, म जल्नै हुन्न– निभ्नु पर्छ ।

त्यसपछि त्यसको ज्वाला विस्तारै निभ्यो ।

दोस्रो मैनबत्तीले भन्योः म विश्वास हुँ । मुख्य कुरा त म हराउनु हुन्न । तसर्थ, मैले जल्नुको कुनै अर्थ देखिन्न ।

दोस्रो मैनबत्तीले बोल्न छोड्नासाथ बलिरहेको ज्वाला झ्याप्प निभ्यो ।

आफ्नो पालो आएपछि दुखी हुँदै तेस्रोले भन्योः म प्रेम हुँ । म मा त जल्ने आँटै छैन । मान्छेले मेरो महत्व बुझेनन् र मलाई नै बाले । तिनीहरुले त आफ्ना अति निकटकाहरुलाई पनि माया गर्न भुले ।

अनि क्षणभरै नकुरी तेस्रो मैनबत्ती झ्याप्पै निभ्यो ।

एक्कासी एउटा बालक मैनबत्तीहरु बलिरहेको कोठामा पस्यो । तिनवटा मैनबत्ती निभिरहेको देख्यो ।

तिमीहरु चाँहि किन नबलेको ? बालकले रुँदै सोध्यो, तिमीहरु त नसकिएसम्म बलिरहनु पर्ने हैन ?

त्यसपछि बलिरहेको चौथो मैनबत्तीले भन्यो, ‘नआत्तिऊ, म बलिरहेसम्म हामी निभेका सबैलाई फेरि बाल्न सक्छौं । म आशा हुँ ।’

चम्किलो आँखा बनाउदै बालकले ‘आशाको मैनबत्ती’ उठायो र निभेका सबै मैनबत्ती बाल्न थाल्यो ।

शिक्षा

आशाको ज्वाला तपाई हामी हो। हामीले जीवनमा कहिल्यै आशाको ज्वाला निभ्न दिनु हुँदैन । हामी प्रत्येकले आशा, विश्वास, शान्ति र प्रेम बचाई राख्नु पर्छ । कोरोनापछिको अवस्थालाई घरपरिवार, समाज र राष्ट्रलाई राम्रो बनाई राख्न तपाईहामीसँग आशा, विश्वास शान्ति र प्रेम हुन जरुरी छ। निराशापन ल्याउनु हुँदैन ।

सुदीप

(कविता, कथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button