सिन्धुलीगढीको जगमा ग्रेट हिमालयन ट्रेलदेखि नेपाल साइकल उत्सवसम्म
२ रात ३ दिनमा १ सय ५३ किलोमिटरको यात्रा तय गरेर राइड टू सिन्धुलीगढी २०१७ संस्करण सम्पन्न गरियो । यो साइकल यात्रा रमाइलो छ । यसले मध्यपूर्र्वी भुभागलाइ जोड्न सक्छ कि भन्दै २०१८ देखि जनकपूरसम्म लान थालियो । र, यात्राको नाम राइड थु्र सिन्धुलीगढी राखियो ।
सौरभ ढकाल
सन् २०१२ मा ९९ दिने पदयात्रा गरेर काठमाडौ झरे लगतै ठमेलमा महावीर पुनले खोलेको नेपाल कनेक्सनमा जान थालेको थिएँ । एक दिन विश्व साइकल यात्रीको फोन आयो । ‘हेलो सोल्टी ! भेटनु पर्र्यो । यो ग्रेट हिमालयन ट्रेलको बाटो साइकल चलाउन सकिन्छ ? हामी जानु पर्यो ।’
ठमेलमा भेटम् भनेर भेटघाट भो पहिलो पटक । ओहो ! विश्व साइकल यात्रीसँग भेटघाट भो । मैले मसँग भएको बाटोको जानकारी नक्सा दिएँ । ‘अलि गारो हुन्न र ?’ भन्दै थिए उनी तर साइकल लिएर दार्चुला हिडी पो हालेछन् सन २०१३ को मे मा ।
उनको साइकल यात्रालाइ मैले विषेश रुपमा चाँसो दिएको थिएँ । आहो ! उनी मलाई हिँड्न गारो बाटोमा साइकल कसरी कुदाउदै छन् ।
सन २०१४ तिर काठमाडौबाट लुम्बिनी जाने साइकले बैठकमा मलाई भिडियो बनाउनको लागि बोलाइयो । टूर दी लुम्बिनीको भिडियोको काममा साइकल मात्र होइन, मित्रता पनि जोडियो । भिडियोको काम हुदै गर्दा देवेन्द्र बस्न्यातसँग चिनजान भएको थियो । उहाँले जिस्काउँदै यस्तो साइकल सिन्धुलीतिर पनि लैजानु पर्छ भन्नु हुन्थ्यो ।
सन २०१५ को शुरुवाततिर देवेन्द्र बस्न्यात आफनो साइकल लिएर फुत्त एक्लै सिन्धुली हिँड्नु भएछ । देबेन्द्र दाइको यात्राले हामीलाई राइड टु सिन्धुलीगढी आयोजना गर्ने उत्साह मिल्यो । तर ठूलो भुइँचालो गएको बर्ष हामीले आँट गर्न सकेनम र दुइ बर्षको तयारी गरेर सन् २०१६ को कार्तिकमा पहिलो पटक राइड टु सिन्धुलीगढी साइकल यात्रा आयोजना भयो । भर्खरै खुलेको नयाँ बाटो र पूरानो सिन्धुलीगढीको विजयलाई जोडेर काठमाडौंबाट ऐतिहासिकस्थल सिन्धुलीगढीसम्म साइकल यात्रा गर्ने तय भयो । तर, कसरी गर्ने ? साइकले कसरी जम्मा होलान् ? कार्यक्रम गर्न सक्ने अवस्था हुन्छ कि हुँदैन भनेर म एकदम डराएको थिएँ । विश्व साइकल यात्री पुष्कर शाहसँग भेटेर सहयोग माग्न गइयो । पहिलो भेटमा नै थर्काए,
’साइकल छ कि छैन ?’
‘हिँड्ने मान्छे हुँ । साइकल त छैन ।’
‘साइकल नभएकोले साइकल यात्रा के आयोजना गर्ने ? के बुझ्छ साइकलेको कुरा ?’
एक पटक ट्राइ गरम भन्दै आग्रह मानेपछि यात्राको योजना शुरु भयो ।
पहिलो बर्ष काठमाडौबाट विश्व साइकल यात्री शाहसहितको ८० साइकल यात्री यात्रामा सहभागी भएम । पुष्कर दाईको उत्साहले म पनि साइकल चलाउन थालेँ । ‘राइड टु सिन्धुलीगढी’ लाई ब्रान्डिङ गरेर हरेक बर्ष ब्यवसायिक साइकल यात्रीलाई यस यात्रामा सहभागी गराउने सके यो क्षेत्रको पर्यटकिय विकास र चर्चा पक्का हुन्छ भन्ने हाम्रो अनुमान रहयो ।
२ रात ३ दिनमा १ सय ५३ किलोमिटरको यात्रा तय गरेर राइड टू सिन्धुलीगढी २०१७ संस्करण सम्पन्न गरियो । यो साइकल यात्रा रमाइलो छ । यसले मध्यपूर्र्वी भुभागलाइ जोड्न सक्छ कि भन्दै २०१८ देखि जनकपूरसम्म लान थालियो । र, यात्राको नाम राइड थु्र सिन्धुलीगढी राखियो । साइकलले पुष्कर दाइसँग सम्बन्ध गाढा बनाउदै गएको छ । उनको नेतृत्वमा पर्यटन व्यवसायीहरुको एउटा समुहले पश्चिम नेपालको महेन्द्रनगरदेखि पुर्वी नेपालको श्रीअन्तुसम्म साइकल यात्रा गर्न लागेको खवरले मलाइ निकै उत्साहित बनायो । थप उत्साह ! समुह हेटौडा हुदै मदन भण्डारी राजमार्ग हुदै सिन्धुली जिल्ला हरिहरपुर गाउँपालिका गुर्जीबाट सिन्धुली प्रवेश गर्दै छ । बाटोमा पूल छैन बागमतीमा भन्दा ‘साइकल बोक्ने हो र सिन्धुली पस्ने हो’ भनेका छन ।
सिन्धुली जिल्लाको यो नयाँ बन्दै गरेको राजमार्गको यात्राले यो क्षेत्रलाई पर्यटकिय नक्सामा समेटने पक्कै छ । हाम्रा शहरलाइ पनि साइकलमैत्री शहर बनाउन उर्जा थप्ने छ ।