एशियाकै विशालतम उपत्यका पुग्यो नेपाल साइकल उत्सव
भित्री मधेशमा पर्ने तुल्सीपुर, घोराहीलगायतका क्षेत्र विश्वविख्यात दाङ उपत्यकामा पर्दछ । अघिल्लो साँझ टोलीले दाङकै अमेलियास्थित राप्तीकिनारमा क्याम्पिङ गरेको थियो ।
नेपाल साइकल उत्सव टोली एशियाकै विशालतम दाङ उपत्यका आइपुगेको छ । भित्री मधेशमा रहेको यो विश्वविख्यात नेपाली उपत्यकामा साइकल यात्रा एक विशेष यात्रा भएको साइकल टोलीका सदस्यहरुले बताएका छन् । टोली काठमाडौंबाट हिंडेको सातौं दिन दाङको अमेलियाबाट तुल्सीपुर हुँदै घोराही हिँडेको हो । भित्री मधेशमा पर्ने तुल्सीपुर, घोराहीलगायतका क्षेत्र विश्वविख्यात दाङ उपत्यकामा पर्दछ । अघिल्लो साँझ टोलीले दाङकै अमेलियास्थित राप्तीकिनारमा क्याम्पिङ गरेको थियो ।
पश्चिम नेपालको दोधाराचाँदनी (महाकाली) पुलबाट प्याडलिङ सुरु गरेको नेपाल साइकल उत्सव टोली धनगढी, ठाकुरद्वार, नेपालगन्ज, कोहलपुर हुँदै अमेलिया आइपुगेको हो । महाकालीदेखि पूर्व मेचीसम्मको यो विशेष साइकल यात्राको दुरी १ हजार ६ सय २४ किलोमिटर रहेको छ ।
नेपाल पर्यटन वोर्डको प्रवद्र्धन तथा ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान), नेपाल एशोसिएसन अफ टुर्स् एन्ड ट्राभल एजेन्ट्स् एशोसिएसन (नाटा) र नेपाल पर्वतारोहण संघ (एनएमए)को सहयोगमा भइरहेको तीन साताको साइकल यात्रापश्चात इलामको पशुपतिनगरबाट नेपाल साइकल उत्सव टोली काठमाडौं फर्किनेछ ।
विश्व साइकलयात्री पुष्कर शाहको नेतृत्वको साइकल टोलीमा राजेन्द्र सापकोटा, सुभाष केसी, एक्सपान्सन दाहाल, सम्राट पान्डे, महेन्द्र अधिकारी, हिम गुरुङ, माधव नेपाल, मुक्ति पान्डे, अशोक सिलवाललगायत रहेका छन् ।
कोभिड १९ ले पर्यटन कोमामै पुगेको यो बेला पर्यटनकर्मीहरुले नेपाली पर्यटन व्युँझाउन र आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पर्यटन बोर्डको सन्देश प्रवाह गर्न यो सांकेतिक साइकल प्रयास गरिएको टोली सदस्य राजेन्द्र सापकोटाले बताए ।