विष्णुमतीमा पानी होइन, रगत बग्छ

सहिद

गोविन्द मैनाली

माघको चिसो स्याँठ
सुनसान रात
सिफलको सडक
शोभाभगवती
भोग खान्छ्यौ तिमी मान्छे !

गिद्धहरु पँखेटा फिँजाउँछन्
राक्षसहरु ढोकाबाट चिहाउँछन्
विष्णुमतीमा पानी होइन, रगत बग्छ
फ्याउराहरु कराउँदै हिँड्छन्
आज सिँहको सिकार गर्नु छ
पचली भैरव किन आँत्तिएको छ ?

वतावरण त्रसित छ
त्यहाँ बन्दुक ताकिरहेको एउटा मान्छे
थर्थर काँपिरहेको
आमाको छाती चस्किरहेको
जाज्वल्यमान नक्षत्र अँझ चम्किला छन्
म दुई गोली आँखा हेरिरहेँ
मानिसहरु मनमनै चिच्याए
कोलाहल मच्चाए !

ए ! जल्लादहरु हो
मान्छे खाने राक्षसहरु हो
पख ! पख !
तिनका हातबाट बन्दुक खस्यो
संगीन भाँचियो
पासो चुँडियो ।

तिमीहरु मर्यौ
सहिदहरु बाँचिरहे
अनन्त कालसम्म
सहिदको त्यो रातो रगतमा
म चित्र कोर्नेछु
सुन्दर देशको
सूर्यको कलिलो प्रकाशमा
चन्द्रमाको छटामा
वसन्तको आगमनमा
अनि म इतिहास लेख्छु
सहिदहरुको सपनाको
युगौँ बित्यो यसो भन्दाभन्दै
तर त्यो दिन अँझै आएन ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button