
पैसासँग पसिना साटेर खाडीमा
इन्दिरा चापागाईं
सभापोखरी गाउँपालिका–१, संखुवासभा
विश्वसामु मुस्कुराइरहेको गौरवको शीर छ
पराधीनता डराएर भाग्ने गोरखाली वीर छ
विश्वमा कहि नभएको भौगोलिक विविधता छ
बहुभाषा, जाति, धर्म अनेकतामा एकता छ
अमृतजलको अथाह परिधि छ
जडिबुटी, यार्चा संजिवनी छ
धार्मिक सहिष्णुता, प्रेम, सद्भाव छ
मात्र एक देशप्रेमी नेतृत्वको अभाव छ ।
देशले के दियो भन्नु तिम्रो मूर्खता
देशनिम्ति के गरुँ सोच्नु कर्तव्यपरायणता
त्यसैले युवा राष्ट्रनिर्माणमा आऊ
होस्टेमा हैँसे, काँधमा काँध मिलाऊ
जरा उखेल भ्रष्टाचार कमिसनतन्त्रको
अभिसेक गरिदेऊ देश निर्माण मूलमन्त्रको ।
पैसासँग पसिना साटेर खाडीमा धेरै पोख्यौ
रेमिट्यान्सको भरमा आमालाई बोक्यौ
अब त्यो पसिनाले आफ्नै देश सिंचनु पर्छ
युवाजोस जाँगर र तातो रगत उम्लिनु पर्छ
जननी जन्मभूमिको ऋण तिर्नु पर्छ ।
धेरै पुस्ताको रगत सुकिसक्यो
केवल राजनितिक क्रान्तिको व्यानरमा
अब देश बोकेर हिँड युवा पुग्नुछ
आर्थिक समृध्दिको गन्तव्यमा ।
अमृतजल विश्वबजारलाई चखाऊ
जडिबुटी, यार्चा, संजिवनी पठाऊ
पश्र्चिमलाई यो भूस्वर्ग देखाऊ
आउँने छ त्यतैबाट आर्थिक समृध्दि
उदाउने छ विकासको सुनौलौ विहानी
उ त्यहाँ हेर त भविश्यको आँखा
‘सुखी नेपाली, समृद्ध नेपाल ।’
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)