नागरिकको निर्वाचन निगरानी

शकुन्तला देवकोटा

मलाई पहिलोपल्ट २०५४ सालमा स्थानीय तहको चुनावमा चितवन जिल्ला रत्ननगर नगरपालिका १२ मा भाग लिने मौका मिलेको थियो । विवाहपश्चात मेरो भोट नामावली गोरखा जिल्ला भिमसेनथापा गाउँपालिकामा सारिएको छ । दुखको कुरा, कर्म थलो (काठमाडौं) र भोटिङ थलो (गोरखा) दुरीको हिसाबले टाढा परेकाले मलाई कहिले चुनावमा भाग लिने मौका मिलेको छैन । यसपाली जसरी पनि जाने चाँजो मिलाएको थिएँ तर जाने दिन एक्कासी बिरामी परेँ । जान सकिनँ । पछुतो लागिरहेको छ ।

२०५४ पछि अहिलेसम्म चुनावमा भाग नलिए पनि नजिकबाट माहोल नियाल्ने गरेकी छु । पहिले प्रभावशाली भाषण, पहुँच र धाकधम्की जस्ले गर्न सक्यो, त्यतै लहैलहैमा लागेर भोट खसेको जस्तो लाग्थ्यो । बीचमा सर्वहारा, उत्पीडित, दुखी, गरिब, महिला, जनजाती आदिको नाममा झुठो आश्वासनको पछि जनता लागेको जस्तो देखिन आउँछ भने आजको दिनसम्म आईपुग्दा जनताले नयाँ, विल्कुल नयाँ, शिक्षित, युवा वर्ग खोजेको हो कि भन्ने लाग्छ ।

संस्थागत पाटी भन्नेहरुले त झन राजनितिलाई व्यापार गर्ने थलो बनाएर व्यवस्था बिगारेको साधारण जनताले पनि अड्कल लगाउन सक्ने अवस्था छ । अब साँच्चै देश परिवर्तन गर्ने हो भने ढुङ्गा हानेको भरमा, जेल बसेको आधारमा, झुठो भाषण गरेको भरमा टिकट दिने भन्दा नि सर्टिफिकेट, सीप, र दक्षताको आधारमा टिकट दिएर चुनाव गराउँदा देश विकासमा टेवा पुग्ने पक्का छ ।

अब आउने चुनावहरुमा पुराना जतिलाई सल्लाकारको स्थानमा राख्ने र सक्षम युवा वर्गलाई अघि सार्दा देशलाई फाइदा नै होला भन्ने लाग्छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button